लोख भण्डारी
सिमकोट । सिमकोट गाउँपालिका– ५ का मानबहादुर रावत यतिबेला कुमुण्डो निर्माण जुट्दै आएका छन् । मुकुण्डो निर्माण गर्ने भित्री चाहाना र त्यसपछि काठमाडौं पुगेर सीप सिकेपछि जिल्ला फर्केका उनी यो कार्यमा लागेका हुन ।
तत्कालीन घरेलु कार्यालयको सहयोगमा एक महिना तालिम काठमाडौंमा लिएर छ महिना काठामाडौं मै प्रयोगात्मक कार्य ब्यक्तिगत लगानीमा गरि जिल्ला फर्केपछि मुकुण्डो निर्माण सम्वन्धि कार्य रावतले गरि रहेका छन् । उनले माटोबाट मुकुन्डो निर्माण गर्ने सीप सिकेपनि हाल कागत कुवाएर केही मात्रामा असर नगर्ने क्यामिकल मिसाएर निर्माण गरि रहेका छन् ।
मुकुण्डोको स्वरुप र आकार भने उनले आफै निर्धारण गर्छन । मुकुण्डोको आकार केही दुई देखि तीन दिन तयार गर्न लाग्ने उनको अनुभव छ । रावतले यसमा सुक्न, पेन्टिङ गर्न र फिनिसिङ गर्न समय लाग्ने गरेको सुनाए । मुकुण्डोहरु यसअघि आबश्यक परे जिल्ला बाहिरबाट ल्याउन पथ्र्यो भने अहिले रावतले निर्माण गरेका मुकुण्डोको खपत हुन थालेका छन् ।
चोखो बोक्सो हटाउनका लागि घरघरमा टाँस्ने देखि माने र चैतालो पर्वमा मुकुण्डो नाच नाच्नका लागि यसको बिक्री हुने गर्दै आएको छ । मुकुण्डोको आकार हेरि दुई हजारदेखि चार हजार पाँच सयसम्म मुल्य पर्ने गरेको छ । छोटो अवधिमा रावतले चालीस वटा मुकुण्डो निर्माण गरेर बिक्री समेत सुरु गरेका छन्। अब उहाँले यसलाई ब्यवसायीक रुपमा काम गर्ने सोच समेत बनाएका छन् ।
















