सि.टा. समाचारदाता
सिमकोट । आगामी चैत ५ गते हुने स्वतन्त्र बिधार्थी युनियन ( स्ववियु ) निर्वाचनका लागि मानसरोवर बहुमुखी क्याम्पसमा तीन वटा बिधार्थी संगठनहरुले आफ्नो नाम दर्ता गरेका छन् । संगठन दर्ताको दिन फागुन १९ गते ती बिधार्थी संगठनहरुले आफ्नो नाम क्याम्पमिा दर्ता गराएका हुन ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख जिल्लाका दुला तीन दलका बिधार्थी संगठनहरुले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि आफ्नो नाम क्याम्पसमा दर्ता गराएको बताए । यसरी स्ववियु निर्वाचनका लागि नाम् तर्दा गर्ने बिधार्थी संगठनहरुमा एमाले सर्मथित अनेरास्ववियु, माओवादी
सर्मथित बिधार्थी संगठन अखिल क्रान्तीकारी र नेपाली काँग्रेस सर्मथित बिधार्थी संगठन नेपाल बिधार्थी संघ रहेका छन् । उनीहरुले क्रमश आफ्नो संगठनको नाम क्याम्पस प्रशासनमा दर्ता गराएका हुन । स्ववियु निर्वाचन तालिका अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने मिति तय गरिएको छ ।
















