पहिलो दिन मै ८३ मा ७२ जना किशोरीले लगाए एचपिभी खोप

फोटो क्याप्सन लक्षित समुहका किशोरीलाई एचपिभी खोप लगाउने कार्य हुँदै । तस्बीर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका–७ को कैलाश मावि र सनसाईन खोप केन्द्रमा पहिलो दिन ८३ मा ७२ जना किशोरीहरुले एचपिभी खोप लगाएका छन् । एक दिन बाँकी रहँदा ८३ प्रतिशत किशोरीहरुले उक्त खोप लगाएका हुन ।
उक्त खोप पहिलो दिन अधिकाँस किशोरीहरुले लगाई सकेको कारण खोप लगाउने संख्या बढी देखिएको हो ।

बिहीबार पहिलो दिन कैलाश मावि खोप केन्द र सनसाईन खोप केन्द्रमा गरि कक्षा सात देखि दशसम्मका लक्षित समुहका ५७ जना किशोरीहरुले एचपिभी खोप लगाउने कार्य भएको छ भने कक्षा छ मा अध्ययनरत १५ जना किशोरीहरु खोप लगाएको डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराले बताए ।

यीखोप केन्द्रमा पहिलो दिन ७२ जना किशोरीहरुले खोप लगाएपछि उक्त खोप केन्द्रमा लक्ष्य गरिएका किशोरी मध्य ८३ दशमलव असी प्रतिशत किशोरीले खोप लगाउने कार्य पुरा भएको छ । यी खोप केन्द्रहरु डाडाँफया स्वास्थ्य चौकी अन्र्तगत पर्छन । उक्त स्वास्थ्य चौकीको ८३ जना किशोरीले खोप लगाउने लक्ष्य राखिएको छ ।

अब ११ जना किशोरी बाँकी रहेको र उनीहरुलाई शुक्रबार स्वास्थ्य चौकीमा खोप लगाउने कार्य हुने उनले बताए । डाँडाफयामा तीन वटा खोप केन्द्र रहेका छन् । एउटा चौकीमै खोप केन्द्र रहेको छ । केन्द्रमा विद्यालय बाहिर एक जना पनि किशोरी नरहेकोले सतप्रतिशत किशोरीले खोप लगाउने कार्य हुने उनले बताए । पहिलो दिनको खोप लगाउने कार्यमा विद्यालयमा अध्ययनरत किशोरीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।