हुम्लामा अनेमसंघको छ वटा पालिका अधिबेशन सम्पन्न

फोटो क्याप्सन अदानचुली गाउँपालिकामा संघको पालिका अधिबेशनका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको जिल्लाका छ वटा गाउँपालिका कमिटीको अधिबेशन सम्पन्न भएको छ । नयाँ जिल्ला कार्य समिति गठनका लागि चौथो गाउँपालिका अधिबेशन फरक फरक मितिमा सम्पन्न भएका हुन । अ.न.म. संघ हुम्लाकी अध्यक्ष मन्जु रावलका अनुसार जिल्ला अधिबेशन गर्नु अगाडी गाउँपालिका अधिबेशन गर्नु पर्ने भएको कारण छ वटा गाउँपालिकामा अधिबेशन भएर नयाँ नेतृत्व चयन भएको छ ।

उनले ताँजाकोट गाउँपालिकामा कबिता बोगटीको अध्यक्षतामा २१ सदस्यीय अनेम संघको गाउँपालिका कमिटी गठन गरिएको बताईन । त्यसैगरि अदानचुलीमा तारा रावल ऐडी, चङ्खेलीमा मिठु शाही, सर्केगार्डमा बाचकला शाही जैसी, खार्पुनाथमा गीता शाही र सिमकोट गाउँपालिका बाँचु रावतको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ ।

अध्यक्ष लगाएत उपाध्यक्ष दुई जना, सचिव, उपसचिव र कोषाध्यक्ष गरि छ जना पदाधिकारी पनि गाउँपालिका अधिबेशनले चयन गरेको छ भने बाँकी अधिबेशन भएको गाउँपालिकामा १५ जना सदस्यहरु पनि चयन भएका छन् । त्यसैगरि उत्तरी नाम्खा गाउँपालिकामा अधिबेशन गर्नका लागि अध्यक्ष रावलको टोली त्यसतर्फ लागेको छ ।

आउदौ चैत १ र २ गते हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको र सो प्रशिक्षणका लागि अ.ने.म. संघका केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का र कर्णाली प्रदेश इन्चार्ज मिनासिंह खनलालाई सहभागीता गराउन लागिएको छ । अ.ने.म संघको जिल्ला अधिबेशन भने आगामी २०८२ सालमा जेठ महिनामा गर्ने तयारी गरिएको छ ।