राप्रपाले आज सुर्खेतमा खवरदारी सभा गर्दै

सि.टा. समाचारदाता
सिमकोट । वर्तमान सरकार बिरुद्ध देशका मुख्य शहरहरुमा खवरदारी सभा गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कर्णाली प्रदेशको सुर्खेतमा सभा गर्ने भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाले सुर्खेतमा उक्त सभा गर्न लागेको हो ।
सुर्खेतको खवरदारी सभाको सवै तयारी पुरा भएको राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले बताए ।

सभाका लागि कर्णाली प्रदेशका दश वटै जिल्लाबाट राप्रपा नेता तथा कार्यकर्ताहरु सुर्खेत आउने क्रम जारी रहेको छ । सो सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देल, पुर्ब अध्यक्ष पशुपति शम्शेर राणा, प्रकाश चन्द्र लोहनी, प्रबक्ता ज्ञानेन्द्र शाही र महामन्त्री कुन्ती शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीहरु सबै सुर्खेत आई सकेका छन् । यसका लागि सोमबार सुर्खेतमा राप्रपा कर्णाली प्रदेशले मोटर साईकल र्याली आयोजना गरेको थियो ।