ताँजााकोटमा सतप्रतिशत किशोरीले लगएत एचपिभी खोप

फोटो क्याप्सन एचपिभी खोप लगाई सकेपछि सामुहिक तस्बिर खिचाउदै किशोरी र स्वास्थ्यकर्मीहरु । तस्बिर ः सि.टा. समाचारदाता

सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा सत प्रतिशत लक्षित वर्गाका किशोरीहरुले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप ( एचपिभी ) लगाएतका छन् । फागुन २१ देखि २९ गतेसम्म खोप लगाउने कार्यतालिका भएपनि निर्धारित मिति मै खोप लगाउने कार्य पुरा भएको हो ।

ताजाकोट गाउँपालिकाका १२ वटा खोप केन्द्रका संचालन गरिएको एच.पी.भी खोप अभियानमा सत प्रतिशत किशोरीहरुले खोप लगाउने कार्य पुरा भएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताय ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु ३६० जना र विद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष सम्मका १८ जना जम्मा ३७८ जना किशोरीहरुलाई खोप लगाउने कार्य पुरा भएको उनले बताए ।

उक्त गाउँपालिकामा ३७८ जना लक्षित वर्गका किशोरी रहेको अनुमान गरिएको थियो । यसबाट ताँजाकोटमा सो खोप लगाउने कार्य सतप्रतिशत पुरा भएको छ उक्त गाउँपालिकामा बाह्र जना स्वास्थ्यकर्मी र २४ जना स्वयम सेविकाहरु परिचालन भएका थिए । उक्त खोप अभियान सम्पन्न गर्ने ताँजाकोट पहिलो गाउँपालिका भएको छ