लोकतान्त्रीक गणतन्त्र गुम्ने खतरा बढ्दै ः बुढाथोकी

फोटो क्याप्सन नेकपाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम । तस्बिर ः सि.टा. हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज कर्णाजित बुढाथोकीले पछिल्लो परिस्थती हेर्दा लोकतान्त्रीक गणतन्त्र गुम्ने खतरा बढ्दै गएको बताएका छन् ।

बिहीबार हुम्लाको सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले पछिल्लो राजावादी शक्तिहरुको गतिबिधि हेर्दा केही खतराका संकेत देखिन थालेको बताउदै यसले ठुलो संघर्ष गरेर ल्याएको लोकतान्त्रीक गणतन्त्र गुम्ने चिन्ता थपिएको बताए ।

कसैले चाहादैमा राजा आई हाल्ने अवस्था नरहेको स्पष्ट पार्दै राजा चाहानेले संसदमा दुई तिहाई देखाए आई हाल्ने उनले बताए ।

अहिलेको सरकारको कारण केही समस्या देखिएको बताउदै अब यसको रक्षाका लागि समाजवादका लागि चार वटा मित्र शक्ति मिल्नु आवश्यक रहेको उनले बताए । त्यसमा उनले चार वटा मित्र शक्ति भनेर कम्युनिष्ट, समाजावदी, देशभक्त र लोकतन्त्रवादीलाई उल्लेख गरे ।

देशका लागि नेकपाले लिएको आत्म निर्भर अर्थतन्त्र र एकिकृत स्वामित्व प्रर्णाली आवश्यक रहेको बताए । उनी वर्तमान सरकार बिरुद्ध पनि निक्कै आक्रोशित देखिएका थिए ।

कार्यक्रम नेकपा हुम्लाको आयोजनामा सञ्चालन भएको हो । कार्यक्रममा उक्त पार्टीका हुम्ला जिल्ला इन्चार्ज क्षितीज सि र अध्यक्ष कमल सिंहक हस्ताक्षरित बिज्ञप्ती बितरण गरिएको थियो ।