सि.टा. समाचारदाता
सिमकोट । एमाले निकट अखिल नेपाल महिला संघ हुम्ला शाखाले गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अदानचुली गाउँपालिकाका दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम पछि संगठन सुदृढ गर्न गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
अनेमसंघमा आबद्ध महिलाहरुलाई सशक्त बनाउनका लागि गाउँपालिका स्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको संघकी हुम्ला जिल्लाकी अध्यक्ष मन्जु रावलले बताईन ।
अदानचुली गाउपालिकामा सञ्चालन भएको जिल्ला स्तरको प्रशिक्षण कार्यक्रममा जिल्ला भरका अगुवा महिलाहरुको सहभागिता रहेको र सो क्रममा महिला मुक्ति र आन्दोलन, मानव अधिकार, महिला हिंसा, हक अधिकारका वारेमा जानकार दिने कार्य भएको उनले बताईन ।
अव त्यसलाई गाउँपालिका स्तरमा गरिने भएको छ । यो कार्यक्रम केन्द्रीय स्तरको कार्यक्रम हो । अब अनेमसंघ हुम्लाले नयाँ कार्य योजना निर्माण गर्ने नयाँ वर्ष प्रशिक्षण कार्यक्रम सुरु गर्ने उनले बताईन । यसका लागि जिल्ला स्तरका पदाधिकारी र पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
अदानचुलीमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष टुका भद्र हमाल, प्रदेश अध्यक्ष पद्मा खड्का, प्रदेश ईन्चार्ज मिनासिंङ रखालको सहभागिता रहेको थियो । उनीहरुले प्रशिक्षण दिने कार्य गरेका थिए ।
त्यसैगरि एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर वोगटी, केन्द्रीय सदस्य छक्कबहादुर लामा, दलबहादुर फडेरा, एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमी लगाएतको उपस्थिती रहेको थियो ।
























