प्रहरीद्धारा मदिरा बरामद

फोटो क्याप्सन प्रहरीद्धारा बरामद गरिएको मदिरा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ । जिल्लाको उत्तरी क्षेत्रबाट सदरमुकाम सिमकोटमा भित्रिदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार चिनीयाँ अवैध मदिरा २६ कार्टुन सिमकोट भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको छ ।

व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको होे । तीन वर्ष अघि नेपाल भित्रिएको मदिरा हाल बिक्रीका लागि ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो । एक कार्टुनमा बाह्र बोतल चिनीयाँ मदिरा हुने गरेको छ । सदरमुकाम सिमकोटमा प्रति बोतल मदिराका पाँच सय रुपियाँ पर्ने गर्छ ।

२६ कार्टुनमा ३१२ बोतल चिनीयाँ मदिरा हुन्छ । यसको बिक्री मुल्य एक लाख, पचास हजार रुपियाँ पर्ने गर्छ । बरामद भएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाईएको उनले बताए । आवश्यक प्रकृया पुरा गरेर सो मदिरा नष्ट समेत गरिनेछ । यसअघि पनि ८७ कार्टुन चिनीयाँ मदिरा बरामद गरिएको थियो ।

चिनीयाँ मदिरा नाम्खा गाउँपालिकाको हिल्सा, लिली लाप्चा, सिमकोट गाउँपालिकाको चुवाखोला, चङ्खेली गाउँपालिकाको नेक्पाको टाके नाकाबाट स्थानीय व्यापारीले लुकिछिपी गरेर ल्याउने गर्छन । वर्षाको ६ महिना चीनसँग जोडिएका नाका खुलेपिछ लुकिछिपी ल्याउने गरिन्छ । त्यसपछि नष्ट गरिने भएको जानकारी प्राप्त भएको छ ।