पुर्वमुख्यमन्त्री शाहीद्धारा शिब मन्दिरमा तीन क्वीन्टलको घण्ट प्रदान

फोटो क्याप्सन खार्पुनाथ शिब मन्दिरमा जडान गरिएको तीन क्वीन्टलको घण्ट  तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले खार्पुनाथ शिवालय क्षेत्रमा रहेको शिब मन्दिरका लागि तीन क्वीन्टल तौल भएको घण्ट जडान भएको छ । शिवालय क्षेत्रलाई रमणीय बनाउन र भक्तजनहरुलाई घण्ट बजाउन सहज होस भन्नका लागि सो घण्ट चढाईएको हो ।

शनिबार खार्पुनाथमा पैदल मार्गबाट ढुवनी भएर आई पुगेको तीन क्वीन्टल भन्दा बढी तौल भएको घण्ट शिब मन्दिरमा झुण्ड्याउने कार्य भएको खार्पुनाथ गाउँपालिका– २ का वडा अध्यक्ष चन्द्र रावलले बताए ।

पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो स्वईच्छाले घण्ट मन्दिरलाई चढाउने कार्य गरेका छन् । उनले उक्त घण्ट आफ्नो ब्यक्तिगत लगानीमा मन्दिरलाई चढाएका हुन । घण्टको औपचारिक रुपमा पुनापाठ गरेर पुजाआजा समेत गरिनेछ । हालको खार्पुनाथ शिवालय क्षेत्रको बिकास र मन्दिरका पछिल्लो रुपमा ल्याउनमा उनको महत्वपुर्ण योगदान रहेको छ ।