सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लाले हाल काठमाडौं केन्द्रीत राजावादीहरुले सञ्चालन गरि रहेको अराजक गतिविधि बिरुद्ध जनचेतना सभा गर्ने भएको छ । चैत १८ गते एमालेले सो सभा गर्न लागेको हो ।
एमालेले चैत्र १८ गते सदरमुकाम सिमकोटमा प्रतिगमन विरुद्धको जनसचेतना सभा आयोजना गर्ने एमालेका उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताए । सभा सदरमुकाम सिमकोटको काली चोकमा हुनेछ । राजावादीहरु लोकतान्त्रीक गणतन्त्र बिरुद्ध अर्को रुपमा बिरोधका आवाजहरु उठाई रहेको समयमा एमालेले हुम्लावासीलाई त्यस बिरुद्ध जनचेतना दिनको लागि यो सभा गर्न लागेको हो ।
सभामा भूगोल भित्रका जनसमूदायको उपस्थिती सहित स्वयम् अनिर्वाय उपस्थित हुन आ आफ्नो भूगोलवाट क्रियाशिल सबै जिल्ला कमिटीका अध्यक्ष लगाएत पदाधिकारीहरु, सदस्यहरु , जिल्ला सल्लाहकार सदस्य, गाउ कमिटीका अध्यक्ष, जनवर्गिय संगठनमा अध्यक्ष तथा केन्दिय सदस्य र वडा कमिटिका अध्यक्षहरुलाई उपस्थितीका लगि एमालेले सर्कुलर गरेको छ । सभाको तयारीका लागि एमाले जिल्ल कमिटीले अकस्मिक वैठक १७ गते सरमुकाम सिमकोटमा वस्दैछ ।












