सि.टा. समाचारदाता
सिमकोट । जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको छ । मौसम परिबर्तनसंगै मौसमी फ्लु र दमका बिरामीहरु उपचार बढेपछि अस्पताल र स्वास्थ्य संस्थामा आउने सङ्ख्या बढेको हो ।
दमको ब्यथाले च्यापेपछि पाँच दिनदेखि अस्पतालमा उपचार गराई रहेकी सिमकोट गाउँपालिका– ७ की चाखुरी बिकले बिराम बढ्दै गएको बताईन । उनले स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएर उपचार गराई रहेकी । बिराम सन्चो हुने नदेखिएपछि अझै कति दिन अस्पतालमा वस्नु पर्ने हो यसै भन्न नसकिने बिकले ।
हाल अस्पतालमा उनी लगाएत अरु दश जना बिरामीहरु उपचाररत रहेका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरु मध्य एक जना हात भाँचिएको र अरु सबै दम, निमोनिया र मौसमी फ्लुका बिरामीहरु रहेका छन् ।
दुई हप्तायता अस्पताल आउने बिरामीको सङ्ख्या बृद्धि भई रहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख एवं चिकीत्सक प्रतिक्षा भारतीले बताईन । यतिबेला उनले बिशेष गरि दम, मौसमी रुघाखोकी, निमोनिया, ढाड, घाटी दुख्ने बिरामीहरु बढी आई रहेको बताईन ।
पन्द्र शैयाको अस्पतालमा दैनिक बेडहरु भरिभराउ हुने गरेका छन । आईतबार र बुधबार एक सय भन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने र अन्य दिनमा चालीसदेखि पचास जना बिरामी आएर उपचार गराई रहेको छन । अस्पतालले अलि जटिल बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको र सामान्यलाई उपचार पनि औषधी दिएर घर फिर्ता पठाउने गरिएको छ ।
बिरामीहरु उपचारका लागि आउने सङ्ख्या बढेपछि चिकीत्सकहरुलाई ओपिडीमा उपचार गर्न पनि भ्याई नभ्याई हुने गरेको हो । चिसौ मौसम र धुँवाधुलोको कारण पनि मौसमी फ्लुका बिरामीहरु बढी रहेको कारण सबैले सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ । यो मौसम नै यस्तै भएको कारण ब्यक्तिगत रुपमा सावधानी अपनाउनु आवश्यक देखिएको हो ।
























