सि.टा. समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाउने भएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या र मिडिया हाउसा माथि भएको आर्कमणको बिरोधमा हुम्ला जिल्लामा पनि महासघले सो पत्र बुझाउन लागेको हो ।
सोमबार बिहान साँढे ११ वजे प्रमुख जिल्ला अधिकरी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताए । समाचार संकलनमा क्रममा राजावादीहरुको आन्दोलनको कारण पत्रकार रजकको हत्या र बिभिन्न मिडिया हाउसमा आर्कमण गरेको बिरोधमा आन्दोलनमा रहेको महासंघको केद्रीय कार्यक्रम अनुसार यो कार्यक्रम हो । यसअघि पत्रकारहरुले चैत १६ गते शोस सभा र र्याली, १७ गते कालोपट्टी बाँधेर कामकाज गरि रहेका छन् ।












