लोग भण्डारी
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय मार्फत ध्यानाकर्षण पत्र बुझाएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या र मिडिया हाउसमा माथि भएको आर्कमणको बिरोध स्वरुप हुम्ला जिल्लामा पनि महासघले सो पत्र बुझाएको हो ।

सोमबार बिहान साँढे ११ वजे प्रमुख जिल्ला अधिकरी नारायण पाण्डेय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको महासंघ हुम्लाका सहसचिव भक्तराज ऐडीले बताउए । उक्त पत्र महासंघ हुम्लाका अध्यक्ष राजन रावतले प्रजिअ पाण्डेयलाई बुझाएका थिए । समाचार संकलनमा क्रममा राजावादीहरुको आन्दोलनको कारण पत्रकार रजकको आगालागीबाट हत्या र बिभिन्न मिडिया हाउसमा आर्कमण गरेको बिरोधमा आन्दोलनमा रहेको महासंघको केद्रीय कार्यक्रम अनुसार यो कार्यक्रम गरिएको हो ।
ध्यानाकर्षणपत्रमा घटनाका रुपमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुर्याइएका हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको उल्लेख गरिएको छ ।
यो संगै पत्रमा उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ । अतः प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि
आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गरिएको छ । साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनुका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको ।
महासंघको माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष आग्रह गर्दै अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा होमिन बाध्य हुनेतर्फ ध्यानाकर्षण महासंघले गरेको छ ।
पत्र बुझ्दै प्रजिअ पाण्डेयले तत्काल तालुक निकायमा पठाउने प्रतिबद्धदता जनाउनुभयो । कार्यक्रममा महासंघ हुम्लाका पुर्वअध्यक्षद्धय, कर्णबहदुर रोकाया, अर्जुन बोहरा, उपाध्यक्ष सुरेश परियार लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो । यसअघि महासंघ हुम्ला शाखाले घटनाको बिरोधमा चैत १६ गते शोस सभा र र्याली, १७ गते कालोपट्टी बाँधेर कामकाज गरि रहेका छन् ।
















