भारतीय दुतावासले पाँच शैयाको अस्पताल चंखेली गाउँपालिकामा निर्माण गर्ने

सि.टा. समाचारदाता
सिमकोट । भारतीय दुतावासले हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा पाँच शैयाको अस्पताल भवन निर्माण गर्ने भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दुतावास र गाउँपालिकाले त्रिपक्षीय सम्झौता गरेपछि अस्पताल निर्माण हुने भएको हो ।

भारत सरकारको सहयोगमा सञ्चालीत उच्च प्रभावयुक्त सामूदायिक परियोजना अन्तर्गत परियोजना कार्यान्वयनका लागि सघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र यस चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीबिच त्रिपक्षीय सम्झौता भएको अध्यक्ष शाहीले बताए ।

उनले सम्झौता भएको र अव एक हप्ताभित्र अस्पताल निर्माणका लागि टेण्डर आव्हान हुने भएको छ । सम्झौता अनुसार पन्द्र महिनामा अस्पतालको निर्माण कार्य पुरा हुनेछ । यसअघि पनि चंखेलीमा भारतीय दतावासले विद्यालयमा पुस्तकालय भवन निर्माण गरेको थियो ।