सि.टा समचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिकामा सञ्चालन भएको निशुल्क दन्त शिबिरबाट सात सयबढी सेवाग्राही लावान्भित हुनु भएको छ । शिबिरमा अधिकाँस दाँतका बिरामीले दुख्ने दाँत निकाल्ने र खाली भएको तात भर्ने कार्य गरेर सेवा लिनु भएको हो ।
गाउँपालिकाका दुई वटा स्थानमा सञ्चालन भएको दन्त शिबिरबाट ७१७ जना दाँतका बिरामीहरुले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए । शिबिर चार दिन लगाएर नाम्खा गाउँपालिका– २ को केर्मीमा तीन वटा वडाका बिरामीहरुका लागि र गाउँपालिका केन्द्र याल्वाङमा वडा नम्बर ४, ५ र ६ का बिरामीहरुका लागि सञ्चालन गरिएको थियो ।
जसमा १८९ जनाको दाँत निकाल्ने र छ जनाको दाँत भर्ने कार्य भएको उनले बताए । त्यसैगरि पाँच सय जनाको दाँत सफा गर्ने भएको उहाँले बताउनुभयो । शिबिरमा दाँतको बिशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिबिरमा जर्मनीका दन्तरोग बिशेषज्ञ चिकीत्सकहरुले उपचार गर्नु भएको हो ।
शिबिरमा दाँत निकाल्ने, कृतिम दात हाल्ने, आरसिटी र बिशेषज्ञ चिकित्सकबाट दाँत सम्वन्धि अन्य समस्य पहिचान र उपचार समेत गरिएको थियो । शिबिर नाम्खा गाउँपालिकाको समन्वय, हिमाली वाल समाज र जिईआरडी च्यारिटी जर्मनीको आर्थिक सहयोगमा भएको हो । उपचार गराउने सवै दाँतका बिरामीहरुलाई ब्रस र मन्जन सहयोग गरिएको थियो ।
















