नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको अधिबेशन सुरु

फोटो क्याप्सन नेकपा माओवादी केन्द्र सिमकाेट गाउँपालिका अधिबेशनको उद्घाटन सत्र । तस्विर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रले सिमकोट गाउँपालिकाकाे अधिबेशन सुरु भएको छ । नारा जुलुस सहितको र्यालीले अधिबेशनको उद्घाटन सत्र सुरु गरेको हो ।
सिमकोट बजारमा नारा सहित परिक्रम गरेर मानसरोवर बहुमुखी क्याम्पसमा उद्घाटन सभा भएको थियो । कार्यक्रम माओवादी अधिबेशनको उद्घाटन सत्र भन्दा पनि देउडा प्रतियोगिता भएको भान भई रहेको थियो ।

माओवादी केन्द्रले एक नि पुर्ण रुपमा उद्घाटन सत्रमा शुभकामना मन्तव्य र देउडा गीत गाउने कार्यक्रम गरिएको थियो । कार्यक्रम हेर्दा माओवादी जनयुद्ध कालीन समयको झल्को पनि हुन्थ्यो । उद्घाटन सत्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय भण्डारी, वैकल्पीक के्रीय सदस्य बिरजंग शाही, रणसिंह परियार, माओवादी सचिव धर्मराज बोहरा, प्रदेश कमिटीका सदस्य, राजनीति दलका नेता, जनवर्गीय संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य दिएका थिए ।

उनीहरुले सक्षम र जुझारु नेतृत्व चयनका लागि शुभकामना दिए । अधिबेशनको बन्द सत्र सोमबार हुनेछ । जसवाट नयाँ नेतृत्व समेत चयन हुनेछ । गाउँपालिका कमिटीको अध्यक्षका आकाक्षीहरु बढी रहेको पाईएको छ । यसअघि जिल्लाका पाँच वटा गाउँपालिकामा पालिका अधिबेशन सम्पन्न भई सकेको छ । अधिबेशनसंगै पार्टीको गाउँपालिका कमिटीको नयाँ नेतृत्व समेत चयन गरेको थियो ।

यसरी गउँपालिका अधिबेशन सम्पन्न भएका गाउँपालिकाहरुमा खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् । अधिबेशन सम्पन्न भएका गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्म्त चयन भएको छ । जसमा खार्पुनाथ गाउँपालिकामा झुलबहादुर रावल अध्यक्षमा चयन भएका छन् भने सर्केगार्ड गाउँपालिका अध्यक्षमा छवी थापा चयन भएका छन ।

त्यसैगरि चङ्खेली गाउँपालिकाको अध्यक्षमा गोबिन्दबहादुर शाही, अदानचुलीमा दिर्घ सिंह र ताँजाकोट गाउँपालिकामा मदन दमाई अध्यक्षमा चयन भएका छन । सो पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष पनि सर्वसम्मत चयन थिए ।

त्यसैगरि माओवादी बिधान अनुसार गाउँपालिका कमिटी ४५ सदस्यीय रहने ब्यवस्था अनुसार प्रत्येक गाउँपालिकामा ३९ जना सदस्यहरु पनि सर्वसम्मव चयन भएका थिए । अब नाँम्खा गाउपालिकामा अधिबेशन हुन बाँकी रहेको छ ।