सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार बिहान जिल्ला अस्पतालको स्थलगत अनुगमन गरेका छन् । अस्पतालले प्रदान गर्ने सेवा र सविधाका साथै अवस्थाको वारेमा जानकारी लिने कार्य अनुगमनका क्रममा भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको स्थलगत निरीक्षण गर्ने कार्य भएको छ । त्यसक्रममा व्यवस्थापन समिति अध्यक्ष दिपक भण्डारी, कार्यालय प्रमुख डा.प्रतिक्षा भारती, डा.हिम विक्रम शाहीको टिमबाट जिल्ला स्वास्थ्य कार्यालयले समग्र स्वास्थ्य अवस्थाबारे जानकारी लिने कार्य भएको कार्यालय प्रमुख भारतीले बताईन ।
जानकारी लिने क्रममा प्रशिक्षार्थी चिकीत्सकको पारिश्रमिक, विरामीको खाना लगायतका विषयमा भोगी रहेका समस्याहरूको सम्बोधनका लागि पुर्वमुख्यमन्त्री शाहीको ध्यानाकर्षण गरिएको थियो । उक्त समस्याको तत्काल् समधानका लागि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीमार्फत् प्रदेश सरकारको ध्यानाकर्षण पुवृमुख्यमन्त्री शााहीले स्थलगत रुपमै गरेका थिए ।
त्यसका साथै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट, एचडीयु , ब्लड बैंकको संभावना र अस्पताल परिसरमा रहेको खानेपानी, सुत्केरी विश्राम कक्ष लगायतका समस्या सम्वन्धमा समेत जानकारी लिने कार्य भएको थियो ।जिल्ला स्वास्थ्य कार्यालयको भौतिक पूर्वाधारलगायत स्तरोन्नति, जनशक्ति तथा उपकरण व्यवस्थापनमा निरन्तर लाग्ने प्रतिबद्धता समेत उनले जनाए ।




















