नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको अध्यक्षमा प्रकाश रावत चयन

फोटो क्याप्सन नेकपा माओवादी केन्द््र सिमकोट गाउँपालिकाको अधिबेशनले चयन गरेको नेतृत्व पदभार ग्रहण पछि ।  तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रले सिमकोट गाउँपालिकाको तेस्रो अधिबेशनले अध्यक्षमा प्रकाश रावतलाई चयन गरेको छ । दुई दिन अगाडी उद्घाटन सत्र सुरु भएको अधिबेशनले  नयाँ कार्य समिति चयन गरेको हो ।
अधिबेशनले अध्यक्ष रावतको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका कमिटी समेत गठन गरेको छ ।

उपाध्यक्षमा जोमन लामा, रिठु रावत र भक्त परियार चयन गरेको छ भने सचिवमा हिराबहादुर शाही, कोषध्यक्षमा धनजित बोहरा र सहसचिवमा रिन्जन लामा चयन भएका छन् । त्यसैगरि अधिबेशनले ३८ जना सदस्य समेत चयन गरेको छ । सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुले मंगलवार पद तथा गोपनीयताको सफथ समेत लिएका छन् ।

सोमबार अध्यक्षमा रावतको समपति जुटेको भएपनि बााकी पदका लागि मंगलवार सहमति जुटेको थियो । सबै पदमा सहमति जुटेपछि सिंगो कमिटी सर्वसम्मत भएको हो । अव माओवादी केन्द्रका छ वटा गाउँपालिकामा अधिबेशन भएर नेतृत्व चयन पनि भई सकेको छ ।

यसअघि जिल्लाका पाँच वटा गाउँपालिकामा पालिका अधिबेशन सम्पन्न भई सकेको छ । अधिबेशनसंगै पार्टीको गाउँपालिका कमिटीको नयाँ नेतृत्व समेत चयन गरेको थियो । यसरी गउँपालिका अधिबेशन सम्पन्न भएका गाउँपालिकाहरुमा खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् ।

अधिबेशन सम्पन्न भएका गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्म्त चयन भएको छ । जसमा खार्पुनाथ गाउँपालिकामा झुलबहादुर रावल अध्यक्षमा चयन भएका छन् भने सर्केगार्ड गाउँपालिका अध्यक्षमा छवी थापा चयन भएका छन । त्यसैगरि चङ्खेली गाउँपालिकाको अध्यक्षमा गोबिन्दबहादुर शाही, अदानचुलीमा दिर्घ सिंह र ताँजाकोट गाउँपालिकामा मदन दमाई अध्यक्षमा चयन भएका छन ।

सो पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष पनि सर्वसम्मत चयन थिए । त्यसैगरि माओवादी बिधान अनुसार गाउँपालिका कमिटी ४५ सदस्यीय रहने ब्यवस्था रहेको छ । नाँम्खा गाउपालिकामा अधिबेशन पनि मंगलबार सुरु भएको छ । संभवत आजै नयाँ नेतृत्व चयन हुनेछ ।