नेकपा माओवादी केन्द्र नाम्खा गाउँपालिकाको अध्यक्षमा लामा चयन

फोटो क्याप्सन नेकपा माओवादी केन्द्र नाम्खा गाउँपालिकाको अधिबेशनका सहभागीहरु । तस्विर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रले नाम्खा गाउँपालिकाको दोस्रो अधिबेशनले अध्यक्षमा कुङ्गा ग्याल्जन लामालाई सर्वसम्मत चयन गरेको छ । एक दिन सञ्चालन भएको अधिबेशनने नयाँ कार्य समिति पनि चयन गरेको हो ।
अधिबेशनले अध्यक्ष लामाको नेतृत्वमा ४५ सदस्यीय नाम्खा गाउँपालिका कमिटी समेत गठन गरेको छ ।

अधिबेशनले उपाध्यक्षमा हुमार लामा, सोनाम बहादुर लामा, छोइतार लामा, सचिवमा ललित लामा, सह–सचिवमा छोइडेन लामा तथा कोषाध्यक्षमा रिन्जिन लामा निर्विरोध चयन गरेको छ । त्यसैगरि ३८ जना सदस्य समेत चयन भएका छन । अधिबेशनमा नेकपा (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य बिरजङ्ग शाही, कर्णाली प्रदेश सह–सचिव लालकेश जैसी, नाम्खा गाउँ कमिटी इन्चार्ज प्रेम बहादुर लामा, तथा कर्णाली प्रदेश सल्लाहकार सदस्य नाम्ग्याल लामाको उपस्थिती रहेको थियो ।

यसअघि जिल्लाका छ वटा गाउँपालिकामा पालिका अधिबेशन सम्पन्न भई सकेको छ । अधिबेशनसंगै पार्टीको गाउँपालिका कमिटीको नयाँ नेतृत्व समेत चयन गरेको थियो । यसरी गउँपालिका अधिबेशन सम्पन्न भएका गाउँपालिकाहरुमा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् ।

अधिबेशन सम्पन्न भएका गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्म्त चयन भएको छ । जसमा सिमकोटमा प्रकाश रावत अध्यक्षमा चयन भएका छन भने खार्पुनाथ गाउँपालिकामा झुलबहादुर रावल अध्यक्षमा चयन भएका छन् भने सर्केगार्ड गाउँपालिका अध्यक्षमा छवी थापा चयन भएका छन । त्यसैगरि चङ्खेली गाउँपालिकाको अध्यक्षमा गोबिन्दबहादुर शाही, अदानचुलीमा दिर्घ सिंह र ताँजाकोट गाउँपालिकामा मदन दमाई अध्यक्षमा चयन भएका छन ।

सो पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष पनि सर्वसम्मत चयन थिए । नेतृत्व चयनका लागि अदानचुली गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो भने बाँकी छ वटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । त्यसैगरि माओवादी बिधान अनुसार गाउँपालिका कमिटी ४५ सदस्यीय रहने ब्यवस्था रहेको छ ।