नाम्खा लागु औषध मुक्त गाउँपालिका घोषित

फोटो क्याप्सन लागु औषध मुक्त घोषणा कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा

सि.टा.समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिका लागु औषध मुक्त गाउँपालिका घोषित भएको छ । लागु औषध प्रयोग गर्ने नभेटिएको र आगामी दिनमा यसको प्रयोग गर्ने बाताबरण अझै नबनोस भन्नका लागि एक औपचारिक कार्यक्रमको आयोजना गरेर लागु औषध मुक्त गाउँपालिका घोषित गरिएको हो ।

नाम्खा गाउँपालिकालाई लागु औषध मुक्त घोषणा गर्नका लागि गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा छ महिनाभित्र लागु औषध मुक्त घोषणा गर्ने गरि कार्ययोजना तयार पारिएको र सो कार्य योजना अनुसार लागु औषध मुक्त गाउँपालिका घोषित गर्ने कार्य भएको हो ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा लागु औषध मुक्त घोषणा गर्ने कार्यक्रम गरिएको हो । कार्य योजना अनुसार नाम्खा गाउँपालिकामा लागु औषध प्रयोग गर्ने सङ्ख्या नभेटिएको र आगामी दिनमा यसको प्रयोग गर्ने बाताबरण नबनोस भन्नका लागि लागु औषध मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम भएको हो ।

अब गाउँपालिकाको क्षेत्र भित्र लागु औषधका जति पनि प्रकार छन् तिनीहरुको प्रयोग गर्न नपाईने भएको छ । घोषणा कार्यक्रममा दुई वटा विद्यालयका बिधार्थीहरुको उपस्थिती रहेको थियो । लागु औषध प्रयोगको संभावना रहेका उमेर समुहका बिधार्थीलाई लक्षित गरेर लागु औषध, यसका प्रकार, प्राकृतिक, अर्ध कृतिम र कृतिम, यसको असरका बारेमा प्रजिअ नारायण पाण्डेयले प्रस्तुत गरेका थिए ।

त्यसैगरि परिभाषा, हुम्ला जिल्लामा यसको प्रयोगको अवस्था र नाम्खा गाउँपालिकामा लागु औषध प्रयोगको अवस्था, बेफाईदा, असर र जरिवानाका वारेमा कानूनी उपचारको बारेमा प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित बिधार्थीहरुले जीवनमा कहिल्यै लागु औषध प्रयोग नगर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कही कतै कसैले यो प्रयोग गरेको देखेमा नजिकको सुरक्षा निकाया वा जिल्ला प्रशासन कार्यालयमा खवर गर्न समेत बिधार्थीहरुलाई आगैह गरिएको थियो । गाउँपालिकालाई लागु औषध मुक्त घोषणा गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले अब ऐन कानून निर्माण गरेर यसलाई दिगोपना दिने बताए । गाउँपालिकाभर बौद्ध धर्मालम्बी भएको र लामाले पनि यस्ता कार्यमा नलाग्न उपदेश र चेतावनी दिने भएको कारण यसको प्रयोग नहुने बिस्वास उनले ब्यक्त गरे ।

नाम्खा पहिलो गाउँपालिका लागु औषध मुक्त गाउँपालिका घोषित भएको र अब जिल्लाका बााकी छ वटा गाउँपालिकालाई पनि घोषणा गरे। हुम्ला जिल्लालाई पनि चाँडै घोषणा गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले गरेको छ ।