नेकपा एकिकृत समाजवादीकाे जिल्ला अधिबेशन बैशाख १५ र १६ गते हुने

फोटो क्याप्सन पत्रकार भेटघाट कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एकिकृत समाजवादीको दशौ जिल्ला अधिबेशन बैशाख १५ र १६ गते हुने भएको छ । उक्त पार्टीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सो जानकारी गरेको हो ।

पार्टीको दशौ जिल्ला अधिबेशन आगामी बैशाख १५ र १६ गते अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा आयोजना गर्न लागिएको उक्त पार्टीका जिल्ला सचिव कमल छत्यालले बताए । यसअघि सदरमुकाम सिमकोटमा गर्ने भनिएको भएपनि सडक यातायात सहज नभएको कारण पछि सचिवालय बैठकले श्रीनगरमा आयोजना गर्ने निर्णय भएको थियो ।

त्यसका लागि ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउपालिकामा पालिका अधिबेशन सम्पन्न भई सकेका छन । भने अव सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पार्टीको जिल्ला अधिबेशनपछि पालिका अधिबेशन हुनेछन । जिल्ला अधिबेशनका लागि १८८ जना प्रतिनिधिहरुले सहभागिता जनाउनेछन । पाँच जना सदस्य बराबर एक जना अधिबेशन प्रतिनिधि सहभागीता गर्न पाउने एीककृत समाजवादीको बिधानमा ब्यवस्था रहेको छ ।

उक्त भेटघाट कार्यक्रममा पार्टीको पोलिट व्यूरुो सदस्य हस्तबहादुर शाही, केन्द्रीय सदस्यद्धय शिबराज शर्मा, प्रेमकला शाही, प्रदेश सचिवालय समस्य एवं सचिव छत्यालको सहभागिता रहेको थियो । नेताहरुले सञ्चारकर्मीहरुले राखेका जिज्ञानाको उत्तर समेत दिएका थिए ।