सि.टा. समाचारदाता
हुम्ला । शिक्षकहरुको राजधानी केन्द्रीत आन्दोलन तत्काल पुरा गर्नु पर्ने कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन । बुधबार हुम्लामा सञ्चालन भएको एक कार्यक्रममा पुर्वमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन ।

कठमाडौं आन्दोलन जारी राख्दै आएका शिक्षकका जायज माग हालसम्म सम्बोधन नहुनु लाज मर्दो विषय भएको पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले बताएका छन । पन्द्रौ दिनसम्म शिक्षक महासंघले आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेर ठुला दलहरु सरकार भएको नाताले लाजमर्दो विषय भएको पुर्व मुख्यमन्त्री शाहीले बताए ।

नेपाल ट्रेड यनियन काँग्रेस र नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको नब वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन । शिक्षक महासंघमा दुवै ठुला दल नेपाली काँग्रेसको शुभेक्छुक संस्था नेपाल शिक्षक संघ र एमालेको जनवर्गीय संगठन नेपाल शिक्षक संगठन रहेको अवस्थामा उनीहरुले राखेका जायज मागहरु तत्काल पुरा गर्नु पर्ने उनले बताए ।

शिक्षकका मागहरु समय मै सम्बोधन नभए भोली परिस्थिती प्रतिकुल हुन सक्ने तर्फ जनाउदै सकिने माग समयमै समेटेर शिक्षा ऐन जारी गर्नु पर्ने उनले बताए । शिक्षकका मागलई सरकारले हलुका रुपमा लिएको प्रति पनि उनले आपत्ती जनाए । देशभर भर्ना अभियान प्रभावित भएको र हुम्ला जिल्लामा पन्द्र दिनदेखि विद्यालयमा पठनपाठन बन्द रहेको अवस्थामा यसलई सरकारले ध्यान दिन नसक्नु उचित नभएको उनले बताए ।

शिक्षकका मागहरु समय मै समाधान हुन नसके यसले पार्ने प्रभावतर्फ ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गरे । कार्यक्रममा काँग्रेस सभापति मोहन बिक्रम सिंहले काँग्रेस शिक्षकको माग प्रति सम्बेदशशिल रहेको र सरकारमा रहेको आफ्नो पार्टीले यसलाई गहन रुपमा लिएर समस्या समाधानतर्फ लाग्न् आग्रह गरे ।
कार्यक्रममा काँग्रेस उपसभापति कैलश भण्डारी, खार्पुनाथ गाउँपालिकााका कर्णबहादुर रावल, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिल रोकाया भाम, काँग्रेस सचिव कृष्णबहादुर बोहरा, शिक्षक संघका उपमहासचिव कालीबहादुर शाही, नेपाली काग्रेस ख नम्बर प्रदेशकी कोषाध्यक्ष सरिता रावत, शिक्षक संघ कर्णाली प्रदेशका उपमहासचिव राजबहादुर ऐडी, बि.पी चिन्त्न प्रतिष्ठानकी सभापति मधु बस्नेत शाही, ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष बलबहादुर शाही लगाएतले आफ्नो भनाई राखेका थिए ।




















