सि.टा.समाचारदाता
सिमकोट । छ महिनामा भएको प्रजनन स्वास्थ्य सम्वन्धि कार्यक्रमको समिक्षा भएको छ । बुधबार स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको वैठकमा प्रस्तुतीमा कानूनले बिहेवारी बन्देज लगाएका उमेरमा युवतीले समेत गर्भपतन गरेको देखिएको थियो ।
कार्यक्रममा जिल्लामा सुरक्षित रुपमा गर्भपतन गराउने महिलाहरु बीस वर्ष भन्दा कम उमेरका पनि देखिएका छन । बैठकमा प्रस्तुत गरिएको बिबरण अनुसार यस वर्षको पहिलो छ महिनामा ६४ जनाले गर्भपतन गराएकोमा त्यसमा दुई जना बीस वर्ष मुनिका रहेका कार्यक्रमकी सम्पर्क ब्यक्ति सपना रानाले बतााईन ।
गत वर्ष १२२ जनाले गर्भपतन गराएका थिए । यसले गर्दा बालबिबाह गर्ने कार्य अहिले पनि नरोकिएको देखिन्छ । छ महिनामा यति धेरैले गर्भ पतन गराएको भन्दै स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतिक्षा भारतीयले बताईन । बाँकी छ महिनामा यो संख्या बृद्धि हुने उनले बताईन । जिल्लामा प्रजनन स्वास्थ्यको अवस्थाका बारेमा हालसम्मको समिक्षा भएको छ ।
बैठकले प्रजनन स्वास्थ्यका लागि यस आर्थिक वर्षको बाँकी तीन महिनाका लागि कार्य योजना समेत तयार पारेको छ । नयाँ कार्ययोजना अनुसार शिबिर सञ्चालन, प्रजनन स्वास्थ्य सम्वन्धि स्वास्थ्य शिक्षा विद्यालयमा सञ्चालन गर्ने, रेडियो कार्यक्रम र महिनावारी दिवस मनाउने रहेका छन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले प्रजनन स्वास्थ्यका क्षेत्रमा अवैध कामहरु हुने गरेको र त्यसलाई नियन्त्रणमा लिनु आवश्यक रहेको बताए । कानूुन बर्जित गरेका कुरालाई निगरानी राखेर त्यसलाई नियमन गर्न आवश्यक रहेको उनले बताए ।
























