सि.टा. समाचारदाता
हुम्ला । चार महिनापछि उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय सञ्चालनमा आएको छ । यसअघि कार्यालय बन्द गरेर जिल्लामा फिर्ता भएका कार्यालय प्रमुख रामराज जैसी पून हिल्सामा पुगेपछि कार्यालयमा लगाएको ताला खोलेर कार्यालय सञ्चालमा आएको हो ।
ताला लगाएर बन्द गरिएको यारी भन्सार कार्यालय आईतबारबाट सञ्चालनमा आएको कार्यालय प्रमुख रामराज जैसीले बताए । उक्त कार्यालय गत पुस १० गतेबट बन्द रहेको थियो । त्यतिबेला बिभागलाई जानकारी दिएर कार्यालय बन्द गरिएको उनले बताए ।
त्यसयता कुनै पनि सामान चीननबााट आायत भएको थिएन । अब चीनको ताक्लाकोट हुम्लावासी जान सुरु भएपछि सामान आयात हुने भएपछि कार्यालय खोलिएको हो ।
यस पटक हालसम्म गुम्बाको सामान मात्र ताक्लकोटबाट आई पुगेको बताउदै उनले अरु कुनै पनि सामानन नआाएको उनले बताए । अब मानिसहरु ताक्लाकोट जान सुरु भएकोले अब चाँडै सामानहरु पनि आउने उनले बताए ।
नारा लेकमा जमेका हिउ हिल्सा सिमकोट सडक योजनाले पन्छाउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउनेछ । यातायात सेवा सुचारु भएपनि ताक्लाकोटबाट पनि सामान आयत हुन सुरु हुनेछ । अहिले सामान आउन सुरु भएको कारण काार्यालय खोल्ने र बन्द गर्ने कार्य भई रहेको छ ।



















