सि.टा. समाचारदाता
हुम्ला । पन्द्रदेखि ५९ महिनाका बालबालिकाले खोप लगाए नलगाएको बारेमा जानकारी लिनका लागि गाउँगाउँ पुगेर अनुगमन गर्ने कार्य भएको छ । गाउँपालिकालाई पुर्ण खोप युक्त घोषित गर्नका लागि गाउपालिका स्तरबाट अनुमगन गर्ने कार्य भएको हो ।
यसअघि वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वयम सेविकाले लगाएको खोप कार्यबाट कोही पनि बालबालिका खोप सेवाबाट नछुटुन भनेर अनुगमन गर्ने कार्य भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए ।
खोप कार्यक्रमलाई बिशेष अभियानका रुपमा सञ्चालन गर्ने भयकाे कारणा यसबाट कुनै पनि बालबालिका नछुटाेस भन्नका लागि यो अनुगमन कार्य भएको हो । सो अनुगमन पनि स्वास्थ्य संस्थामाा नगएर सिधै गाउमा टोली पुग्ने र उमेर समुहका बालबलिका र आमालाई भेट्ने गरिएको थियो ।
प्रत्येक बालबालिका खोप कार्ड पनि दिने र त्यसमा खोप लगाउने बालबालिकाको सवै बिवरण उल्लेख गरिएको हुन्छ । उनले वडाका सवै बस्तीमा पुगेर नमूना बिधिबाट खोप लगाएका बालबालिकाको खाेप कार्ड समेत अनुगमन गर्ने गरिएको बताए
उनले सवै वडाका सबै बस्तीका बालबालिकाहरुको खोपको अवस्थ हेर्दा सन्तोसजनक देखियकाे बताउदै अब गाउँपालिकालाई घोषणा गर्ने बाटो खुलेको बताए । बैशाख २० गते गाउँपालिकालाई घोषणा गर्ने कार्यक्रम समेत तय गरिएको छ । यसअघि आठ वटै वडाहरु घोषित भई सकेका छन् ।




















