सामुदायीक विद्यालयमा शनिबार पनि पठनपाठन सुचारु

फोटो क्याप्सन शनिबार पठनपाठन सुरु भएको मानसरोवर माविका बिधार्थीहरु बिहानीको प्रथाना सभामा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका सामुदायीक विद्यालयहरुमा शनिबार पनि पठनपाठन सुचारु भएको छ । शिक्षक महासंघको आन्दोलनका कारण शिक्षकहरु जिल्ला मै आन्दोलनरत रहँदा बन्द पढाईलाई असर परेको र यसको सट्टाम विद्यालयहरुम शनिबार पनि पढाई सञ्चलन गरिएको हो ।

सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा शनिबार पठनपाठन सुचारु भएको प्रधानाध्यापक कैशाल रोकायाले बताए । शुक्रबार पनि दश वजेबाट चार वजेसम्म पठनपाठन भएको थियो । विद्यालय सञ्चालन भएपछि बीस हजार ३९० बिधार्थी प्रत्यक्ष रुपमा लावान्भित भएका छन् । पठनपाठन सिमकोट गाउँपलिकाका सवै विद्यालयमा शनिवार भएको हो ।

जिल्लाका सवै सामुदायीक विद्यालयमा शुक्रबारबाट पठनपाठन सुचारु भएको थियो । सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले बन्द रहेको पठनपाठन कार्य सुरु गर्ने निर्णय गरेको थियो ।

बैठकले बैशाख २० गते शनिवार पनि पुरा दिन पढाउने निर्णय गरे अनुसार पठनपाठन भएको हो । यसपछि भने शनिबार पठनपाठन हुने छैन भने शुक्रबार पनि अतिरिक्त कार्यक्रम गरिनेछ । त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयमा पठनपाठन रोकिएको कारण अव अन्य १४ दिन सार्वजनिक तथा चाडपर्व बिदामा पनि पढाई गर्ने, हिउदे बिदामा नौ दिन थप विद्यालय पठनपाठन गरिने उहाँले बताउनुभयो ।

आन्दोलन कै कारण पढाईमा पुगेको क्षेती जसरी पनि ब्यहोर्ने पक्षमा शिक्षकहरु रहनु भएको छ । सहमति गरेर पठनपाठनको बाताबरण तयार भएकोमा सरकार र आन्दोलनरत पक्षलाई शिक्षकको बैठकले धन्यबाद पनि दिएको छ ।

आन्दोलनमा काठमाडौं गएका र जिल्लामा आन्दोलनम सहभागी शिक्षकको हाजिरी सम्वन्धि गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा पठाउने निर्णय गरिएको छ । गत चैत २० गतेबाट विद्यालयमा पठनपाठन बन्द भएको थियो ।