कर्णालीका चौध स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम  लागु

सि.टा. समाारदाता
सिमकोट । कर्णाली प्रदेशका चौध स्थानीय तहसँग अपाङगता रोकथाम तथा पुनस्थापना कार्यक्रम लागु गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा  पुनस्थापना कार्यक्रमका लागि साझेदारी गरेको हो ।

अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा  पुनस्थापना  लागू स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो । साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो ।

जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएका लागु छनौट भएका स्थानीय तहहरुमा सुर्खेतका भेरीगङ्गा नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका रहेका छन् ।

त्यसैगरि रूकुमपश्चिमको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमकोट गाउँपालिका रहेका छन् ।