हिक्मत जंग सिंह
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले चार महिनापछि प्रशासकीय अधिकृत पएको छ । मन्त्रालयले खटाएपछि बल्ल कामकाज ठप्प भएको अदानचुलीले प्रशसकीय अधिकृत पाएपछि रोकीएका कामहरु सुचारु हुनेछन ।
निक्कै प्रयास पनि कृषिमा सातौ तहका प्रदिप भण्डारीलाई जिम्मेवारी दिएर प्रशासकीय अधिकृतका रुपमा खटाएको अध्यक्ष मोहन बिक्रम सिंहले बताए । अधिकृत भण्डारीले जिम्मेवारी पाएसंगै बुधबार पदभार समेत ग्रहण गरेर काम सम्हालेका छन । उनले अध्यक्ष सिंहले स्वागत गरेका थिए । अव प्रशासकीय अधिकृत आएपछि सबै काम अगाडी बढ्ने उनले बताए ।
हालसम्म अधिकृतको ब्यवस्था नहुदा गाउँपालिकाको बजेट समेत फिर्ता जाने अवस्था रहेको थियो । यसअघि मन्त्रालयले सुरुमा एक जनाले खटाएको थियो र उनको गाउँपालिकामै नआएर सरुवा वदर भएको थियो । त्यसैगरि त्यसपछि गाउँपालिकाको पशुशाखामा कार्यरत अर्को अधिकृतलाई जिम्मेवारी दिईएको थियो र उनी पनि एक दिन गाउपालिकामा आएर अर्को दिन फिर्ता भएका थिए । उनले मेलबाट सरुवाका लागि पत्रचार गरेका थिए ।
२०८१ माग ९ गते सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा अदानचुली गाउँपालिकामा कामकाज गरि रहेका हंस महतारालाई कामकाजको जिम्मेवारी रद्व गरि अदानचुलीमा कार्यरत बरिष्ठ कर्मचारी प्रदिप भण्डारी अधिकृत सातौलाई २०८१ चैत ५ गते आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि जिम्मेवारी दिईएको थियो तर कुनै समन्वय नगरी राजनीतिक दलले बसाल्दा समस्या आएको थियो । बुधबार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत महताराले बरबुझारत सहित कार्य जिम्मेवारी हस्तान्तरण गर्दै पद बहाली भएको हाे ।
























