बक्तृत्वकला प्रतियोगितामा कट्रिना बोहरा प्रथम

फोटो क्याप्सन  बक्तृत्वकला प्रतियोगिता सिमकोट गाउपालिका– ५ को बालमन्दिर माविकी छात्रा कट्रिना बोहरा ।  तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । महिनावारी स्वछता दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तररीय बक्तृत्वकला प्रतियोगिता सिमकोट गाउपालिका– ५ को बालमन्दिर माविकी छात्रा कट्रिना बोहरा प्रथम भएकी छन । छ वटा माविविच भएको सो प्रतियोगितामा उक्त विद्यालयले सवै भन्दाा. वढी अङ्क ल्याएर पहिलो भएको हो ।

महिनावााारी मैत्री समााजका लाागि सहकार्य शिर्षकमा भएको बक्तृत्वकलामा बालमन्दिर माविकी छात्रा बोहरा पहिलो भएकी छन भने मानसरोवर माविकी छात्रा सर्जनी रावल दोस्रो स्थान भएकी छन् । त्यसैगरि कर्णाली माविकी छात्रा सम्झाना विक तेस्रो स्थान भएकी छन भने कैलाश माविकी छात्रा सर्मिला विक सान्त्वना भएकी छन ।

बिजेता छात्राहरुलाई सरसफाईका सामाग्री, महिनावारी हुदा प्रयोग हुने सामान, स्टेस्नरी र झोला पुरस्कारका रुपमा बितरण गरिएको थियो । कार्यक्रम सिमकोट गाउपलिकाका अध्यक्ष बिजय भण्डारीले महिनावारी सुरक्षित रुपमा लिनु पर्ने बताए । यो कार्यक्रम सिमकोट गाउँपालिका स्वास्थ्य शाखा, आधार विकास नेपाल, सुसा र स्वास्थ्य सेवा कार्यालयको सहकार्यमा भएको हो ।