हुम्लावासीका समस्यालाई लिएर काठमाडौं छलफल हुने

फोटो क्याप्सन पत्रकार भेटघाट कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लावासीका समस्याहरुलाई लिएर कठमाडौंमा सरोकारवाला पक्षसंग छलफल गरिने भएको छ । नेकपा माओवादीले जेठ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको कर्णाली करिडोर अभियानको क्रममा स्थानीय बासिन्दासंग गरिएको छलफल कार्यक्रमका क्रममा आएका जिज्ञासा तथाा सुझावलाई काठमाडौंमा वस्दै आएका सरोकारवाला पक्षसंग छलफल गर्न लाागिएको हो ।

आफ्नो कर्णाली करिडोर अभियानका बारेमा जिल्लाका सञ्चारकर्मीहरुलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गरिएको हो । कार्यक्रममा कर्णाली करिडेर अभियान वाजुरा र हुम्लाको सिमाना कवाडी, गल्फगार्ड, तुम्च, पिप्लाङ, सर्केगार्ड, याङ्चु, सिमकोट, याल्वाङ र हिल्सामा गरिएको स्थानीयवासीसगको छलफलका क्रममा धेरै समस्या र समाधानको उपायहरु आएको र अव ती गुनासाहरुलाई काठमाडौं पुगेर सरोकारवाला पक्षसंग वसेर छलफल गरेर समाधान खोजिने माओवादी केन्द्रका जिल्ला संयोजक डा.दिपेन्द्र रोकायाले बताए ।

उनले असभयानले कर्णाली करिडोरको बारेमा पनि जानकारी वाहिर ल्याउने प्रयन गरेको बताए । आफ्नो पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु नमूना र समाजवाद लक्षित कार्यक्रम ल्याउन निर्देशन दिएको र त्यस अनुसार आगामी वर्षको बजेट यो कुरा आउने बिस्वास ब्यक्त उनले गरे ।

सो कार्यक्रममा माओवादी हुम्लाका इन्चार्ज छिमी दोर्जे लामाले अभियान धेरै महत्वपुर्ण र फलदायी भएको बताउदै नेताहरुको प्रबृतिको कारण गणताान्त्रिक ब्यवस्था माथि नै प्रश्ना उठी रहेको र सच्चिएर अगाडी बढ्नु पर्ने बताए । देशमा देखिएका बिकृती र विंसंगतिको भागीदार माओवादी केन्द्र पनि भएको । पार्टी आत्मालेचना गर्दै सच्चीएर अगाडी बढ्ने निर्णय गरि सकेको र अहिलेको अभियानमा जनतासंग यो राखिएको उनले बताए ।