सि.टा. समाचारदाता
हुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी हुम्ला शाखाले सदरमुकाम सिमकोटमा सरकार बिरुद्ध प्रर्दशनी गरेको छ । सरकार बिरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाउदै बिरोध प्रर्दशनी गरिएको हो । लोकतन्त्र चोकबाट निकालिएको बिरोध प्रर्दशनी तल्लो बजार पुगेर फर्केको थियो ।
वर्तमान सरकार बिरुद्ध चर्का नारा लेखिएका प्ले कार्ड बोकेका रास्वपा कायकर्ताहरुले सरकार बिरुद्ध नारा पनि लगाएका थिए । प्रधानमन्त्री ओली केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक बिरुद्ध चर्का नारा लगाईएको थियो ।
बिरोध प्रर्दशनीमा कार्यक्रममा रास्वपा कर्णाली प्रदेश सदस्य वुदे बुढा, हुम्ला जिल्ला जिल्ला सभापति नरजित दमाई र उपसभापति लक्ष्मण ऐडी लगएतको सहभागिता रहेको थियो । सिमकोट बजारमाा बिरोध प्रर्दशनी पछि लोकतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा पनि सरकार बिरुद्ध आवाज उठाईएको थियो । सो पार्टीको स्थापना दिवसको अवसर पारी सरकार बिरुद्ध बिरोध प्रर्दशनी गरिएको हो । राप्रपा तेस्रोवाट चौथो वर्षमा प्रवेश गरेको छ ।





















