जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा नारी सम्मानवाट सम्मानीत

सि.टा. सचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा ‘कर्णाली नारी सम्मान–२०८२’ बाट सम्मानित भएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा नारीप्रधान चलचित्र सतीदेवीको प्रदर्शनको अवसरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका १० जना नारीहरुलाई सम्मान गरेका हुन ।

कर्णालीको सामाजिक, शैक्षिक, सांस्कृतिक, नेतृत्व वा अन्य महत्वपूर्ण क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री बुढा, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का, अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंह, पाइलट सिर्जना रावत, खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा, दिगो विकास एकता समूहकी अध्यक्ष सुनिता खड्का, यमुना सापकोटालाई सम्मान गरिएको हो । प्लेईङ फर चेन्जको आयोजनामा भएको कार्यक्रममा नारीप्रधान चलचित्र सतीदेवीको विशेष प्रर्दशनी गरिएको थियो ।