
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा विगत सात वर्षदेखि सञ्चालन हुदै आएको नीजि स्तरको हेल्थ अस सेन्टरले निशुल्क उपचारदेखि औषधी सहयोग गर्दै आएको छ । समाजका लागि आफुले गर्नु पर्ने सामाजिक उत्तर दायित्व अन्र्तगत वर्षेनी रुपमा उक्त सेन्टरले यो कार्य गर्दै आएको हो ।
सामाजिक सेवाभाव कै कारण जिल्लाभरका बिरामीहरुको उपचार र औषधी सहयोग गर्दै आएको सेन्टरका प्रमुख नारायण फडेराले बताए । कहिले स्वास्थ्य शिबिर सञ्चालन गरेर बिरामीको उपचार गरिने गरेको र त कहिले सेन्टरमा जिल्ला अस्पतालका चिकीत्सकबाट उपचार गराएर आफ्नो दायित्व पुरा गर्ने कार्य गरि रहेको छ ।
यसरी चेकजाँँँच तथा उपचार गरिने बिरामीहरुलाई औषधी पनि निशुल्क रुपमा उपलब्ध गराउने गरिएको हो । सेन्टरको स्थापना ब्यापारिक भएपनि आफ्नो कमाईको निश्चित रकम सामाजिक कार्यमा लगाउने उद्धेश्यले यो कार्य गरि रहेको छ ।
त्यसैगरि सेन्टरले निर्धारण गरेका सुचकका आधारमा छनौट जिल्लाभरका स्थास्थ्य संस्थाहरुलाई औषधी, उपकरण र स्टेचर समेत सहयोग गर्ने गरिएको छ भने त्यसरी सुचक कै आधारमा छनौट भएका बिरामीहरुलाई पनि निशुल्क औषधीको ब्यवस्था गर्ने गरिएको सेन्टरको सल्लाहकार समितिका सदस्य निता रोकायाले बताईन ।
यता केही बिरामीलाई औषधीको प्रिन्ट मुल्यमा पनि उपलब्ध गराउने गरिएको बताउदै उनले छनौटमा परेका बिरामीहरुलाई जिल्ला बाहिर उपचार गर्न जानु पर्यो भने उपचार खर्च र यातायत खर्च पन्द्र जनालाई उपलब्ध गरिएकोे जानकारी दिईन । यसरी हालसम्म सात वटा स्वास्थ्य संस्था, एउटा जिल्ला अस्पतालाई स्टेचर सहित उपकरण र औषधी सहयोग गरेको छ भने जिल्ला प्रहरीलाई स्टेचर उपलब्ध गराएको छ ।
त्यसैगरि निशुल्क, प्रीन्ट दर र छुटमा पनि पचाास जना बिरामीहरुलाई औषधी सहयोग गर्ने गरिएको सेन्टरले जनाएको छ । गत आईतबार सेन्टरले नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आएको औषधीलाई पनि पैदल मार्ग कै ढुवानी जोडेर बिक्री गरिने जनाएको छ ।
हवाई मार्गबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको भएपनि औषधीको हवाई भाडालाई पैदल कै भाडा जोडेर बिक्री गरिन भएको हो । हवाई मार्गबाट तीन क्वीटल औषधी ढुवानी भएर आएको हो । सो औषधी प्रतिकेजी १९० रुपियाँ सेन्टरले ढुवानी भाडा तिरेको छ ।



















