सिमकोट गाउँपालिकाबाट एसईईमा ३.६ जिपिए माथि ल्याएर प्रोत्साहन सुबिधा पाउने एक जना मात्र

सि.टा. समाचारदाता
सिमकोट । गाउँपालिकाले एसईई परिक्षा ३.६ भन्दा माथि जिपिए ल्याउने परिक्षार्थीहरुलाई प्रोत्साहन प्रदानको कार्यक्रम राखेकोमा त्यसबाट लावान्भित हुने यस पटक उक्त परिणाम ल्याउन एक जना मात्र सफल भएका छन । गाउँपालिकाले सो सुविधा दिने ब्यवस्था गरेको तेस्रो वर्षमा एक जना मात्र प्राप्त गर्न सफल भएका हुन ।

तीन वर्ष अगाडी गाउँपालिकाले एसईईमा ३.६ जिपिए ल्याउने बिधार्थीहरुलई यो प्रोत्साहन कार्यक्रम राखेकोमा तेस्रो वर्षमा बालबन्दिर माविका युवराज बोहराले ३.६१ जिपिए ल्याएर सो सुविधा प्राप्त गर्न सफल भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए । सिमकोट गाउँपालिकामा सात वटा मावि रहेका छन ।

यो ब्यवस्था भएयता सात वटै माविमा कुनै पनि बिधार्थीले निर्धारित जिपिए ल्याउन सकेकाा थिएनन । यसवर्ष पहिलो पटक एक जना बिधार्थीले मात्र सो जिपिए प्राप्त गरेका छन । अब गाउँपालिकाले बोहरालाई दश हजार प्रोत्साहन प्रदान गर्ने छ । उक्त प्रोत्साहन आागामी असोज २ गते शिक्षा दिवसको अवसर पारेर प्रादन गरिनेछ । यस पटकको एसईईमा गाउँपालिकाका सात वटै माविबाट १९५ जनाले सहभागिता जनाएका थिए ।