
सि.टा. समाचरादाता
सिमकोट । चौरी गाईका खर्कालाको सधै फेरुवाको पालमा उच्च पाटनमा वास हुने गरेको छ । चौरी गाई पालनमा लागेका खर्काला उच्च पाटनमा चौरीलाई चराउन लग्नु पर्ने भएपछि यसरी हालसम्म फेरुवाको पालमा बस्दै आएका हुन ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा पकुन्ज्योक तामाङले पचास वर्षदेखि लगातार बुकी फुल्ने उच्च पाटनमा चौरी पालनका लागि फेरुवाको पाल टाँगेर बस्दै आएको बताएका छन ।
हाल ६४ वर्ष नाघ्नु भएका उनलेले चौध वर्षको उमेर मै चौरी चराउनेदेखि उच्च पाटनमा खर्कालाका रुपमा काम सुरु गरेका थिए । लिमी मै धेरै चौरी र च्याङ्ग्रा भएको घरधुरीमा उहाँ पर्नु हुन्थ्यो । हाल च्याङ्ग्रा भने लोप भई सकेका छन ।
उनीसंग सुरुमा चौरी गोठालो जाने समयमा एक सय वटा आफ्नै चौरी चराएको याद भएपनि अहिले भने लामासंग पच्चीस वटा मात्रै चौरी गाई रहेका छन । उनले चौरी गोठालो जान थालेयता वर्षमा आठ महिना फेरुवाको पालमा जीवन बितेको बताएका छन ।
दुध, दही, चीज, छुर्पी र उच्च पाटनमा पाउने साग समेत खाएको कारण अहिले पनि हिस्टपुष्ट देखिने लामाले मेरो त जिन्दकी नै चौरी गोठालो रुपमा बितेको उनको भनाई रहेको छ । हेर्दा फेरुवाका पाल देखिए पनि यसभित्र बस्दा निक्कै न्यानो अनुभव हुन्छ ।
उनले यो पाल कै कारण कतिपय बेला हिमपात भएको समयमा चिसोबाट सुरक्षित रहन पनि सहज भएको बताउनुभयो । त्यसैगरि लिमी हल्जी गाउँ कै खेण्डाप तामाङले पनि तीस वर्षदेखि चौरीको गोठालो बसी रहेको बताएका छन । उनले सुरुमा चौरी गाईको खर्कमा जाँदा प्रयोग भएको फेरुवाको पाल दश वर्ष टिकेको थियो ।
हालसम्म उनले त्यस्ता फेरुवाका पाल तीन वटा बदलि सकेका छन । यो पाल निक्कै न्यानो र टिकाउ हुने भएको कारण चौरी गोटालाका लागि निक्कै उपयोगी समेत रहेको छ । लिमीका वडा अध्यक्ष पाल्जेर तामाङले पुर्खादेखि चौरी गाईको खर्कमा फेरुवाको पाल टाँग्ने कार्य हाल पनि जारी रहेको बताउदै चौरी गाई भने निक्कै घटेकोमा चिन्ता ब्यक्त गरेका छन । ।























