बिमामा आवद्ध भएको एक महिनामा उपचार सुविधा पाईने

सि.टा. समाचारदाता
सिमकोट । बिमितले साउन १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएको एक महिनापछि उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी सेवा सुविधा लागु हुने समय छोट्याउन निर्णय गरेको छ ।
यो निर्णयसँगै बिमितले एक महिनाको अन्तरमा उपचार सुविधा पाउने भएका हुन् ।

बोडले स्वास्थ्य बिमा नियामावली २०७५ (पहिलो संसोधन २०८२) अनुसार बिमित जुन महिना बिमामा दर्ता भएको हो सो महिनालाई पहिलो महिना मानी सो प्रस्तावको तेस्रो महिनाको १ गतेदेखि बिमितको बिमा सेवा सुविधा लागु हुने व्यवस्था गरेको जनाएको छ । यसअघि बिमामा आबद्ध भएका बिमितले बढीमा पाँच महिना र घटीमा एक महिनाको अन्तरमा सेवा पाउने व्यवस्था थियो ।