लुवासरका धामी हमालको निधन

फोटोे क्याप्सन मृतक हमालको लाश बोक्दै जेठो छोरा पदमबहादुर हमाल । । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्ला कै चर्चित र सवैले मान्ने देवता लुवासुरका धामी नन्दबहादुर हमालको सोमबार बिहान निधन भएको छ । लुवासरका धामी हमालको खार्पुनाथ गाउँपालिका– ५ को छिप्रा गाउँको आफ्नै निवास निधन भएको हो ।
आफ्नै कालगतीले निवासमा निधन भएको हो । उनीको ९७ वर्ष उमेर पुगेको थियो ।

त्यस्तो देखिने कुनै रोग नभएका धामी हमालको उठवस र खाना समेत नियमित खाई रहने अबस्था मै मृत्यु भएको हो । उनले हिन्दु परम्परा अनुसार खार्पुको कर्णाली नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको पार्थिक शरिरमा छोराहरु पदम हमाल कृष्ण हमाले दागवत्ती दिएका थिए । जिल्लाका बिभिन्न स्थानबाट हमालको अन्त्येष्टिमा भाग लिन मलामीका रुपमा छिप्रामा आई पुगेका थिए ।

लुवासरका धामी हमालका दुई जना छोराहरु छन । हुम्लाको निक्कै ईतिहाँसको ज्ञान भएका हमालको निधनले जिल्लाले एक महत्वपुर्ण ब्यक्ति पनि गुमाएको छ । उनको निधनमा धेरै ब्यक्तित्वहरु शोक ब्यक्त गरेका छन । हुम्ला जिल्लामा मानिने देवता मध्य लुवासर पनि एक महत्वपुर्ण देवता हो ।

कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीमा हमाल आफ्नै मामा पर्छन । पुर्बमुख्यमन्त्री शाहीले आफ्नो सामाजिक सञ्जालमा आफ्ना मामाको निधन प्रति गहिरो शोक ब्यक्त गदै जिल्ला कै लागि ठुलो क्षेती भएको उल्लेख गरेका छन ।