सि.टा. समाचारदाता
सिमकोट । दश औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबल खेलाडी छनोट प्रतियोगितामा हुम्ला बिजय भएको छ ।
कातिक १ आईतबार भएको फाईनल खेलमा सुर्खेतलाई हराउदै हुम्ला विजयी भएको हो ।फाइनल खेलमा सुर्खेतलाई सुन्नेका बिरुद्ध एक गोलले पराजित गर्दै हुम्ला विजयी भएको छ ।
हुम्लाका खेलाडी करन रावतले उक्त गोल गरेका थिए । प्रतिस्पर्धात्मक फाईनल खेलमा हुम्लाले उत्कृष्ट खेल प्रदर्शन गर्दै सुर्खेतलाई हराउन सफल भएको हो ।
खेलभर दुवै टोलीले जितका लागि प्रतिस्पर्धा गरे पनि हुम्लाले बाजी मार्दै आफ्नो टोलीको क्षमता र खेल कौशल प्रदर्शन गरेको छ । यस जितसँगै हुम्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सफलता हासिल गरेको छ ।
राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट कार्य भएपनि त्यो सार्वजनिक गरिएको छैन । फाईनल खेलमा हुम्ला जिल्लाकोतर्फबाट खेलाडीहरु करन रावत, अनिस परियार, बिशाल रोकाया, एवराज रावत, अम्रित रावत, असोक बुढा, सम्राट परियार, दिनेश सिंह, एलिक्स कार्की, सुरेन्द्र बुढा, दशरथ शाही, माईकल शाही, सुरेन्द्र मल्ल, सुरेन्द्र बुढा, श्वायव बोहरा, युवराज रावत, उज्जल रावत र मनोज रावत रहेका छन् भने टिक कोचमा धिरच रोकाया रहेका छन ।










