च्याछरा सडकको स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा हुँदै

फोटो क्याप्सन च्याछराको अन्तिम भागमा मेशिनबाट चट्टान फुटाउने कार्य हुँदै । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिल्सा सिमकोट खण्डको सबै भन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको स्तरोन्न्ती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बिष्फोट गर्ने र सडकको ग्रेड मिलाउन कार्य अन्तिम चरणमा पुगेको कारण काम अन्मित भई रहेको हो ।

निक्कै असजिलो चट्टानी क्षेत्रमा थोरै मात्र काम गर्न बाँकी रहेको र सो कामको जिम्मा पाएको ओसिस ईन्जिनीयरिङ ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले बताए । सिमकोटबाट हिल्सातर्फ जाने कडा चट्टानी क्षेत्रको काम सम्पन्न भएपनि अब हिल्साबाट सिमकोटतर्फ आउने चट्टानी क्षेत्रको अन्तिम भागमा बकेटले काम गरि रहेको छ ।

अब केही दिनको त्यो भीर पनि मेशिनबाट फुटाएर सडकको रुप दिने र त्यसलाई सम्याउने र चौढा पार्ने कार्य भएपछि ढलानको तयारी गरिने उनले बताए । निक्कै असजिलो सो क्षेत्रमा अव सडकको रुपमा निर्माण भई रहेको छ । दुवैतिर गरि ५७० मिटर चट्टानमा सडकको स्तरोन्नती कार्य भई रहेको छ ।

मुख्य सडक भएको कारण दैनिक काम रोकेर यातायात पनि सुचारु गर्नुपर्ने भएको कारण निर्माण कार्यमा ढिलाई भई रहेको छ । अर्को कुरा उक्त खण्डको सबै भन्दा असजिलो क्षेत्रमा सडकको दक्षिणतर्फ ढलान गर्ने माथिपट्टी भीर बिष्फोट गरेर आठ मिटर चौडा सडक निर्माण गरिएको छ ।

सडकको स्तरोन्नतीका साथै ग्रेड मिलाउनका लागि बिष्फोट गर्ने कार्य भने सम्पन्न भएको छ । हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले काम सन्तोसजनक अगाडी बढी रहेको बताए ।