जीप दुर्घटना हुँदा तीन जना घाईते

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा बोलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदाा त्यसमा सवार तीन जना घाईते हुनु भएको हो । भित्तर गौडामा बोलेरो जीप दुर्घटनामा भएको र उकालो चढ्न नसकेपछि जीप ब्याक भएर जमिनमा बजारिएको निमित्त प्रहरी नायव उपरिक्षक बिष्णुबहादुर श्रेष्ठले बताए ।

अहिले प्रारम्भिक खवर अनुसार जीपमा सावर तीन जना घाईते भएको र घाईतेको बिबरण नखुलेको उनले बताए । प्रहरी घटनास्थलतर्फ गई सकेको कारण थप जानकारी केही समयपछि आउने उनले बताए । जीप खार्पुबाट गएको हो ।