मान्धारा माविका बिधार्थीहरुलाई स्टेस्नरी बितरण

फोटो क्याप्सन स्टेस्नरी बितरण गरिदै । तस्बिरः सि.टा.

लोग भण्डारी
सिमकोट । आईतबार मान्धारा माध्यामिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई स्टेस्नरी बितरण गरिएको छ । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले उक्त विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई उपलव्ध गराएको स्टेस्नरी बितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दिलबहदुर शाहीले वडा नम्बर ५ का वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको समन्वयमा उपलव्ध भएका स्टेस्नरीहरु बितरण गरिएको बताए । कक्षा आठदेखि दशसम्मका ६३ जना बिधार्थीहरुलाई स्टेस्नरी बितरण गरिएको हो । जसमा प्रत्येक बिधार्थीलाई चार थन कापी र चार थान डड्पेन उपलब्ध गराईएको छ । स्टेस्नरी अध्यक्ष शाहीको उपस्थितीमा बितरण गरिएको हो ।