बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना पारित

फोटो क्याप्सन तयार भएको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजनालाई पारिद गर्न वसेको बैठकका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना पारित गरिएको छ । उक्त योजना तयारीका लागि गठित उपसमितिले चार महिना लगाएर तयार पारेको प्रतिकार्य योजनालाई जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले सामान्य हेरफेर गर्दै पारित गरेको हो ।

२०८२ सालका लागि लागु हुने गरि बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पारिद गरेसंगै त्यो कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । मनसुन नेपालमा भित्रिएको मध्य समय भई सकेपछि उक्त योजना तयार भई पारिद भएर कार्यान्वयन आएको उहाँले बताउनुभयो ।

हरेक चार वर्षमा उक्त कार्य योजना तयार गर्ने गरिदै आए अनुसार २०७८ सालमा तयार गरिएको सो योजनालाई २०८२ सालमा पून परिमार्जन गर्दै तयार गरिएको बताउदै उनले यस पटकको योजनाले बिस्तृत पक्षलाई समेटेको बताए । योजनाले बिपदका क्षेत्रहरुमा बाढीपहिरो, आगलागी, हावाहुरी, हिमपात, सडक दुर्घटना, चट्याङ्ग, महामारी र भुकम्पलाई उल्लेख गरिएको छ ।

कार्य योजनामा बिपद भएको स्थान, नजिकैको रहेको खुल्ला स्थानको अवस्था, नजिकैको आश्रयस्थल, हेलिप्याड भएको स्थान, नजिकको सुरक्षा इकाई र सुरक्षा इकाईसम्म पुग्न लाग्ने समय पनि उल्लेख गरिएको छ । प्रत्येक विपदका क्षेत्रहरुका उच्च जोखिम र जोखिम बस्ती तथा स्थानको समेत पहिचान गरेर कार्य योजनामा समावेश गरिएको छ ।

भिरालो र हिमाली क्षेत्र भएको कारण जिल्लाका अधिकाँस बस्ती जोखिममा रहेको उल्लेख गरिएको भएपनि जस मध्य बाढीपहिरोका लागि जिल्लाका उनान्चालीस वटा वस्तीलाई उच्च जोखिममा औल्याईएको छ । त्यसैगरि अन्य सात वटा बिपदका क्षेत्रहरुको पनि उच्च जोखिम र जोखिम क्षेत्रको पनि पहिचान गरिएको छ ।

बिपदका क्षेत्रहरुबाट बढी प्रभाव पार्ने सक्ने संभावित जनसंख्या र पिडित वर्गको पनि कार्ययोजनामा उल्लेख गरिएको छ । बिशेष गरि कार्ययोजनाका लागि गाउँपालिकाबाट उपलब्ध हुने बिबरणहरु नै आउन नसकेको कारण कार्ययोजना तयारीमा ढिलाई भएको उहाँले बताउनुभयो । कार्य योजनामा विपद पुर्वतयारीको प्रभावकारिता लागि जिल्लामा भएका निकायगत श्रोत साधनको आकलन पनि गरिएको छ ।

जनशक्ति, खाद्य सामाग्री र गैर खाद्य सामाग्रीको पनि कार्य योजनामा बिबरण राखिएको छ । त्यसैगरि उद्धारका लागि आवश्यक सामाग्रीका अवस्था पनि उल्लेख गरिएको छ । जुन नेपाल प्रहरीका चौवीस वटा संरचना, नेपाली सेना र सशस्त्र प्रहरीसंग भएका उद्धार सामाग्रीको बिबरण पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

ती सामाग्रीहरु डिभिजन बन कार्यालय, सात वटै गाउँपालिकाका, नागरिक उड्डयान प्राधिकरणको सिमकोट शाखा र नेपाल रेडक्रस सोसाईटीसंग भएका सामाग्रीको बिबरण पनि समावेश गरिएको छ ।

त्यसैगरि कार्ययोजनामा जिल्लाका महत्वपुर्ण निकायहरुको सम्पर्क ब्यक्ति, नम्बर र ईमेल ठेगाना पनि यसमा समावेश गरिएको छ । जिल्लाको विपदको सन्दर्भ, आव ०८१।०८२ मा जिल्लामा विपदबाट भएको क्षेतीको बिबरण पनि समावेश गरिएको छ ।