सि.टा. समाचारदाता
सिमकोट । हेल्थ अस मेडिकल सेन्टरले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । सिमकोट गाउँपालिका– ७ र ८ माा दुई दिन उक्त शिबिर सञ्चालन हेल्थ असले गर्न लागेको हो ।
भदौ २७ र २८ गते हेल्थ अस मेडिकल सेन्टरको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुन गई रहेको सेन्टरका प्रमुख नारायण फडेराले बताए ।
जिल्ला अस्पतालक तीन जना चिकीत्सक र अन्य स्वास्थ्यकर्मीहरुले शिबिरम उपचार दिनेछन । शिबिरमा स्त्री रोग सम्वन्धि सम्पुर्ण रोगको चेकजाँच, निशुल्क औषधी बितरण, भिडियो एक्स रे, नाक, कान र घाटीको उपचार हुनुका साथै सुगर र प्रेशरको पनि चेकजाँच हुनेछ । सेन्टरले यसअघि सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ का साथै खार्पुनाथ गाउँपालिका– ५ को ताक्ला बाम्टा बस्तीका सेवाग्राहीका लागि शिबिर सञ्चााल गरेको थियो । सो शिबिरम बाह्र ला मुल्य बराबरको महंगो औषधी निशुल्क बितरण गरिएको थियो ।























