संबिधानको रक्षाका लागि पत्रकार महासंघ हुम्लाद्धारा बिरोध प्रर्दशन

फोटो क्याप्सन बिरोधमा निस्किएका हुम्लाका पत्रकारहरु । तस्बिरः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । नेपालको संविधानको रक्षाका लागि हुम्लाका पत्रकारहरुले बिरोध प्रर्दशनी गरेका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा यो बिरोध कार्यक्रम गरिएको हो ।

वर्तमान र्सविधान माथि बिभिन्न टिकाटिप्पणी भई रहेको बेला यसको रक्षाका लागि पत्रकार महसंघ हुम्लाको आयोजनामा मौन बिरोध कार्यक्रम गरिएको छ । जिल्लामा उपलब्ध पत्रकारहरुको सहभागिता रहेको बिरोध कार्यक्रममा पत्रकारहरुले नेपालको संविधान २०७२ र प्रजातन्त्रको रक्षा गरौ भन्ने प्ले कार्डहरु छातीमा टाँसेर प्रर्दशनी गरेका थिए ।

बिरोध कार्यक्रम काली चोकबाट निस्केर एयरपोर्ट चोकबाट फर्केर पून काली चोकमा आएको थियो । सो कार्यक्रममा महासंघ हुम्लाका अध्यक्ष राजन रावतले पछिल्लो देश परिस्थितीमा संविधान र लोकतन्त्रको रक्षा गर्नु पर्ने अवस्था सृजना भएको बताए । उनले पत्रकरहरुलाई कार्यक्रममा उपस्थितीका लगि धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्धद्धय सुरेश परियार, छपाल लामा, अकोर्याप हुम्लाका अध्यक्ष जनक बहादुर शाही, फोनिजका जिल्ला अध्यक्ष नरजन तामााङ, महासंघ सचिव नन्द सिंह, प्रेश युनियनका अध्यक्ष राज शाही, प्रेश सेन्टरका जिल्ला अध्यक्ष तिलसरा बिक लगएतको उपस्थिती रहेको थियो ।