काँग्रेस उपसभापति खड्काद्धारा जेनजी आन्दोलनमा क्षेती पुगेका संरचनाको अनुगमन

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काग्रेसका उपसभापति पुर्णबहादुर खड्काले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुर्खेतमा क्षेती पुगेका भौतिक संरचनाहरुको अनुगमन गरेका छन । असोन ९ गते गृह जिल्ला सुर्खेत आई पुगेका उपसभापति खड्काले दुई दिन लगातार क्षेती पुगेका संरचनाहरुको अनुगमन गरेका हुन ।

बिहीबार आन्दोलनकारी आगजनी गरेर क्षेती पुर्याएको आफ्नो र आफ्ना दुई जना भाईहरुको नीजि निवासबाट सुरु भएको अनुगमन कार्य शुक्रबारसम्म जारी रहेको छ । आफ्नो क्ष्आगजनी भएको घरमा पुग्दा उनी निक्कै भावुक देखिएका थिए । अनुगमनको पहिलो दिन उनले आन्दोलनकालीले आगजनी गरि क्षेती पुर्याएका बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ देखि १२ का वडा कार्यालयहरु, मुख्यमन्त्रीको नीजि निवास मेयर उपमेयरको नीजि निवास, नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाको पार्टी कार्यलय रहेका थिए ।

शुक्रबार मुख्यमन्त्रीको सरकारी कार्यालय र निवास, प्रदेश सभा भवन लगाएत सबै सरकारी कार्यालयको पनि अनुगमन कार्य गरिएको उनका नीजि सचिव गौतम बिसिले बताए । उपसभापति खड्कासंग कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका मन्त्रीहरु, नेपाली काँग्रेस सुर्खेतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको ।