
सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका दुई वटा गाउँपालिकालाई बस र एम्बुलेन्स सहयोग गरिएको छ । चङ्खेली गाउँपालिका– २ को बालज्योति आधारभूत विद्यालयलाई बस र नाम्खा गाउँपालिका– ५ को मुचु स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरिएको हो ।
भारतीय राजदुतावासले चंखेली गाउँपालिकाको बालज्योती आधारभुत विद्यालय गर्खालाई स्कुल बस सहयोग प्राप्त भएको अध्यक्ष प्यारीलाल शहीले बताए । भारतीय दुतावासका यो सहयोगले घन्टौ बिहाना बैलुकी उकाली–ओराली गरेर बिद्यालय आवत जावत गर्नुपर्ने बाध्यकारी अबस्थालाई सहज बनाउन सहयोग भएको उनले बताए ।
दुतताबासबाट आफुले बस बुझेको र अब चाँडै जिल्लामा पठाएर प्रयोगमा ल्याईने भएको उनको भनाई छ । बालज्योती आविको नाममा उक्त बस उपलब्ध भएता पनि गाउँपालिका केन्द्र पिप्लाङेदेखि महादेब माविको नाममा हस्तान्तरण गर्ने र यसलाई संचालनमा ल्याएर वडा ननम्बर ४ को पिप्लाङबाट विद्यालयसम्म बिधार्थीहरु ओसारिनेछ ।
यसका लागि आवश्यक ब्यवस्थापन खर्चका लागि अभिभावकबाट न्यूनतम शुल्क उठाएर बस सञ्चालन गर्ने तयारीमा गाउँपालिका रहेको छ । गत वर्ष पनि भारतीय दताबासबाट एउटा बस चङ्खेली गाउँपालिकालाई बस प्राप्त भएको थियो । सो बसले वडा नम्बर १ को रिमी हुदै बोहरा बाडाका बिध्यार्थीलाई ओसार्ने कार्य गरि रहेको छ ।
यसैबिच हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ ।
नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई महानगरपालिकाले सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले यतिबेल सुरु गरेको हो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझेका हुन । महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताए ।
काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ ।























