कार्यालय प्रमुखलाई आफ्नो गन्तव्यमा फर्कन मन्त्रालयको निर्देशन

सि.टा. समाचारदाता

सिमकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई १८ गतेसम्म कार्यालयमा पुग्न निर्देशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन भन्दै मन्त्रालयले कार्यालय प्रमुखहरुलाई अनिवार्य रुपमा कार्यालय पुग्न भनेको‍ हो ।

दसैं बिदाका क्रममा विभिन्न स्थानमा रहेका कर्मचारीहरुको हकमा यस्तो निर्देशन जारी भएको भए पनि सबै राजमार्ग र सवारी साधन सञ्चालनमा रोक लागेको छ । १७–२० गतेसम्मको विपतकाे पूर्व तयारी, सतर्कता र प्रतिकार्यमा जुट्नका लागि यस्तो निर्देशन जारी गरेको हो । सम्भव भएकाहरुको हकमा अलर्ट रहन पत्राचार गरिएको छ ।