लाप्चाको सञ्चार सुविधा पुर्याउन राज्यले कन्चुस्याई गर्न हुदैन

फोटो क्याप्सन हालसम्म सञ्चार सुविधा पुग्न नसकेको लाप्चा क्षेत्र । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेपाली भूमि जो पर्यटकीय क्षेत्रका रुपमा परिचित छ त्यहाँ जानका लागि प्रवेशद्धारका रुपमा रहेको सल्ली, न्यालु, टाक्चीसम्म अघिल्लो मात्र नभएर पछिल्लो सञ्चार प्रबिधिको ब्यवस्था गर्न सरकारसंग लिीवासीले माग गरेका छन ।

सो क्षेत्रमा सञ्चारको ब्यवस्था नहुँदा चार दिनसम्म पत्रकार महासंघ हुम्ला शाखाका सदस्यहरु आफु सम्पर्कमा रहन र आफु संम्बद्ध सञ्चार मिडियामा समाचार दिन नसकेपछि सञ्चारकर्मीले पनि प्रत्यक्ष रुपमा यो समस्या भोगेको देख्दै सरकारलाई उक्त क्षेत्रमा सञ्चारको ब्यवस्था गर्न लिमीवासीले माग गरिएको हो ।

नाम्खा गाउँपालिका आफैमा भूगोलमा ठुलो क्षेत्र छ । त्यसमा वडा नम्बर ६ लिमी पनि वडामा ठुला क्षेत्र हो । बस्ती भएका बाहेक लिमीको अधिकाँस भूभागमा सञ्चार पहुँच अहिले पनि छैन भन्दा अन्यथा नहोला । त्यसैले त लिमीवासीले ती क्षेत्रमा सञ्चारको ब्यवस्था गर्न माग गरि रहेका छन र अहिले सञ्चारकर्मीले पनि प्रत्यक्ष भोगेका छन ।

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमाल पारीको गाउँ लिमी र यही क्षेत्रमा रहेको लाप्चामा हालसम्म सञ्चारको पहुँच नपुगेको भन्दै नेपाल पत्रकार महसंघ हुम्ला शाखाको चौथो बैठक बस्ने तयारी भई रहेको समयमा लिमीवासीले नेपाल सरकारसंग सो क्षेत्रमा सञ्चार सुबिधा पुर्याउन माग गर्नका लागि दवाव दिने किसिमले निर्णय गर्न आग्रह गरिए अनुसार महासंघ हुम्ला शाखाले पनि निर्णय गरेर सरकारलाई घच्घच्याएको छ ।

सो क्षेत्रमा हालसम्म सञ्चारको पहुँच नपुगेको कारण पर्यटकीय क्षेत्रमा गएर पनि कुनै पनि सञ्चारकर्मीले स्थलगत रुपमा आफ्ना सामाग्री दिन नसक्ने अबस्था रहेको थियो । सरकारले जति सक्दो चााँडो सल्ली, न्यालु र लाप्चा क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन महासंघले आग्रह समेत गरेको छ । नेपालको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश मात्र नदेखिने होईन अरु पनि पर्यटकीय स्थल, जंगली जनावर, तालतलैया, झरना पनि प्रसस्त रहेकोले त्यसको प्रचार प्रसार गर्न पनि सञ्चारका पहुँच बिस्तार गर्नु आवश्यक देखिन्छ । ताक्चीबाट सञ्चार सम्पर्क गर्न लिमीको जाङ गाउँमा दुई घण्टा हिडेर जानु पर्ने वा बोलेरो जीपमा तीन हजार खर्च गर्नुपर्ने अबस्था रहेको छ ।

लाप्चा पुग्ने जो कोही आन्तरिक वा बाह्य पर्यटकले प्रवेशद्धार सल्ली छिर्ने बित्तिक्कै सञ्चार सुविधाबाट बाहिरिनु पर्ने बाध्यता छ । बर्तमान सञ्चारमन्त्री जगदिश खरेलको अगुवाईमा जसरी तिलिचो ताल क्षेत्रमा सञ्चार सुविधा पुर्याउने कार्य सुरु भएको छ , त्यसरी नै हुम्लाको लाप्चा क्षेत्रमा पनि सञ्चार सुविधा पुर्याउन आवश्यक देखिन्छ ।

लाप्चा जाने सवै क्षेत्रमा मोवाईलहरु फोटो खिच्न, भिडियो हेर्न र खिच्नका लागि बोक्नु पर्ने जस्तो देखिएको छ । यसले गर्दा पनि सो क्षेत्रको कुनै पनि पक्षलाई प्रत्यक्ष रुपमा प्रशारण गर्न सकिने अवस्था रहेको छैन । यो क्षेत्रलाई जति सक्दो चाँडो सञ्चारको पहुँचमा जोड्न सके यसको सकरात्मक प्रभाव पर्ने छ । नाम्खा गाउँँपालिकाको एउटा वडा मात्र नभए, गाउँपालिका, छिमेकी गाउँपालिका, जिल्ला , प्रदेश मात्र नभएर सिंगो राज्यले आवश्यक पुर्वाधारको बिकास गरेर फाईदा लि सक्ने कुरामा दुबिधा छैन  ।