बिधी र प्रकृया अनुसार बाल क्लव दर्ता र सञ्चालन गर्न सुझाव

फोटो क्याप्सन अभिमुखीकरण कार्यक्रम पछि गाउँपालिका अध्यक्ष रावल सहित हयाभागी । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । बिधी र प्रकृया बाल क्लव गठन र दर्ता कार्य गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले सरोकारवाला पक्षलाई सझाव दिएका छन । गाउँपालिकामा जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको बाल अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रावलले सो कुरा बताएका हुन ।

बाल क्लव अति आवश्यक रहेको यसको दर्ता र सञ्चालन कानूनी रुपमा गर्नु पर्ने अध्यक्ष रावलले बताएका छन । खाली आफ्नो बार्षिक लक्ष्य पुरा गर्ने हिसावले मात्र हाल बाल क्लव गठन, सञ्चालन रबालअधिकारको बारेमा जानकारी मात्र दिने काम भई रहेको गुनासो गर्दै अध्यक्ष रावलले अव विधि र प्रकृया अनुसार बालक्लव गठन र सञ्चालन गर्ने गरि काम भए गाउँपालिका लागत साझेदारी सहित काम गर्न तयार रहेको बताए ।

बाल क्लव गठन, दर्ता र सञ्चालन कार्यक्रम कानूनी रुपमा एक भएको तर हाल आआफ्नै किसिमले बाल क्लव गठन र यसको पैरवी गर्ने कार्यले मात्र पुरा नहुने उनले कर्यक्रममा बताए । गाउँपालिका बालबाबालिकाका क्षेत्रमा काम गर्न तयार भएको र यसके सुरुवात चालु आर्थिक वर्षबाट गरिएको पनि अध्यक्ष रावलले बताए । यसअघि बाल अधिकारका बारेमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखीकरण गर्ने कार्य गरिएको छ ।

बाल अधिकारी र यसको संरक्षणका बारेमा सञ्चारकर्मी राजन रावतले सहजिकरण गरेका थिए । त्यसैगरि बाल क्लव गठन, यसका किसिम, पदाधिकारीको काम कतव्र्य र अधिकारीका बारेमा पनि सञ्चारकर्मी रावतले सहजिकरण गरेका थिए ।

कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर शाही, प्रशासकीय अधिकृत बिष्णुबहाादुर शाही, वडा नम्बर १ को वड अध्यक्षा जयबहादुर शाही, ३ का चन्द्र रावल, ४ का रंगमित शाही, कार्यपालिका सदस्य र पाँच वटै माविका प्रधानाध्याक तथा शिक्षक र बाल क्लवका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम गुड नेवर्स इन्टरनेस्नस नेपालको आथिक सहयोग । किडार्क नेपालका आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।